मनोरञ्जन

राष्ट्रपतिको शपथमा वर्षा र अमिर

प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार राष्ट्रपति भवन शित्तल निवासमा आयोजित एक कार्यक्रममा सपथ ग्रहण गरिन् । सपथ ग्रहण गरेर विद्याले पद पनि सम्हालिसकेकी छिन् ।
 
विद्याको सपथको क्रममा देशका बिशिष्ट व्यक्तिदेखि कुटनितिज्ञहरु उपस्थित थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ ग्रहण गर्दा कलाकारहरुको संख्या राम्रै देखिएको थियो । तर, राष्ट्रपतिको सपथ ग्रहणको समयमा भने चलचित्र क्षेत्रको उपस्थित खासै देखिएन ।
 
तर, अनलाइनखबरको क्यामेरामा शित्तल निवासमा एक मोडल र एक नायिका क्याप्चर भएका छन् । नायिका बर्षा सिवाकोटी सपथ ग्रहणमा पुगेकी थिइन् । यस्तै, मोडल अमिर शेख पनि शित्तल निवासमा देखिए ।
Posted: