डायरी मनको

  • पैसाको अभावमा चामल विक्री गरें

    रेशम चौलागाई अध्यक्ष वडा नम्वर ६, चौरीदेउराली गाउँपालिका, काभ्रेपलाञ्चोक   जन्म, बाल्यकाल, औपचारिक शिक्षाः साविकको कात्तिकेदउराली गाविस हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ मा २०३२ साल चैत्र ९ गते मेरो जन्म भयो । बाल्यकाल त्यहि वित्यो । सामान्य परिवार थियो । शिक्षादिक्षा पनि त्यहि रहेको प्रभा माध्यमिक विद्यालयबाट भयो । विद्यालय पठाउनु पर्छ भन्ने मेरो परिवारमा मान्यता थियो । परिवारको कान्छो सन्तान थिएँ म । एकजना दाई सहित हामी चारजना सन्तान थियौं । प्रभा मावीमा पुग्न घरबाट एक घण्टा उकालो जानु पर्दथ्यो । सामान्य परिवार भएकाले खुट्टामा जुत्ता हुँदैन थियो । सुरुवाल हुँदैन थियो कट्टु लगाएरै विद्यालय जाने गरेका थियौं । घरमा विहान ८ बजे जे खायो त्यहि खानाको भरमा साँझ घरमा फर्कनु पर्दथ्यो । विहान ८ बजे खाएको खानाको भरमा साँझ ६ बजेसम्म हामी ...