चेष्टा क्विज

14 June, 2018
साताको राशिफल

मेष - साताको मध्य २–३ गते समय खराब रहेको हुँदा घरको चिन्ताले सताउनुको साथै पेटमा विकार आउला भने बाँकीको दिनमा साहस र धैर्यता वृद्धि हुनुको साथै लामो यात्राको योग रहेको छ । 
मन्त्र ॐ क्लीं हुँ फट् ।
बृष ः ३१–१ गते सम्म आकस्मिक धनलाभ, दाजुभाईबाट सुख प्राप्तिको साथै बोलीको प्रभाव बढ्नाले कार्य सफलता मिल्ला, अन्तिम ३ दिन भने आफन्तसँग वैरभाव वृद्धि हुनेछ ।
मन्त्र ः ॐ उमामहेश्वराय नमः ।।
मिथुन ः पूरै साता यहाँको पक्षमा रहेको हुँदा मान सम्मान प्राप्ति, उपहार आदि वस्तु प्राप्ति, अधुरा कार्यहरुमा सहजै सफलता प्राप्ति हुनुको साथै बन्धुबाट विशेष सहयोग मिल्नेछ । 
मन्त्र ः ॐ नृं नरसिंहाय नमः ।।
कर्कट ः ३१ र १ गते समय नकरात्मक रहेको हुँदा चोटपटकले भय रहनुको साथै मित्रहरु शत्रुमा परिणत होलान् । बाँकीका दिनहरु भने दाजुभाईबाट सुख प्राप्तिको कारण मन प्रशन्न रहला ।
मन्त्र ः ॐ ह्रीं भाग्योदय ह्रीं नमः ।
सिंह ः २ र ३ गते साताको अरु दिन शुभ रहेको हुँदा धन आगमनको नयाँ नयाँ बाटो वृद्धि, मान सम्मान प्राप्ति होला, २ र ३ गते भने मनमा खिन्नता बढ्नुको साथै मोटो धनराशी खर्च होला ।
मन्त्र ः ॐ भं भं भैरवाय नमः ।
कन्या ः ३१–३ गतेसम्म यो साता पूरै राज्यबाट सुख प्राप्तिको योग, जागिरमा सम्मान मिल्नेछ भने अन्तिम ३ दिन चाहिँ अपमान हुनुको साथै मानसिक चिन्ताले सताउला ।  
मन्त्र ः ॐ क्रीं काल्यै नमः।
तुला ः यो साता हरेक दिन हजुरको पक्षमा रहेको हुँदा नविन कार्यमा सहभागिता, पिताको सहयोग प्राप्ति, उपहार आदि वस्तु प्राप्ति, बैंक व्यालेन्स वृद्धि हुनुका साथै जागिरमा सम्मान मिल्नेछ । 
मन्त्र ः ॐ क्लीं हूँ फट् नमः ।
वृश्चिक ः ३१–१ गते समय नकरात्मक रहेको हुँदा मृत्युतुल्य कष्ट आइपर्नुका साथै झुटा आरोप आउला, बाँकी दिन भने गुरुजनबाट सुख प्राप्तिको साथै कर्म प्राप्ति र कार्यमा सफलता मिल्नेछ ।
मन्त्र ः ॐ ह्रीं भाग्योदय ह्रीं नमः ।
धनु ः ३१–१ गतेसम्म व्यापार व्यवसायबाट लाभको साथै वाहन सुख मिल्ला, २–३ गते खर्चवृद्धि र रोग वृद्धि होला, ४–६ गते सम्म मांगलिक कार्यमा सहभागिता सँगै आय वृद्धि होला ।
मन्त्र ः ॐ श्रीं ह्रीं क्लीं कमलवासिन्यै नमः ।
मकर ः ३१–३ गतेसम्म समय शुभ रहेको हुँदा शरीरमा निरोगिता छाउला, विपरीत लिड्डबाट सुख प्राप्तिको कारण मनमा उत्सा छाउला, ४–६ गतेसम्म भने मानसिक चिन्ताले सताउनेछ । 
मन्त्र ः ॐ क्लेशनाशाय क्लीं नमः ।
कुम्भ ः साता पूरै यहाँको पक्षमा रहेको हुँदा अध्ययन अध्यापनमा रुची, शत्रु संहार गर्ने क्षमता वृद्धि, व्यापार व्यवसायबाट लाभ, मिठामिठा प्रेम वार्ता लाभ हुनुका साथै लामो यात्राको योग रहेको छ ।
मन्त्र ः ॐ नमो भगवते वासुदेवाय नम ः।
मिन ः साताको दुई दिन ३१–१ गते निद्रामा असुविधाको कारण दुस्वप्न दर्शन होला, बाँकीका दिनमा भने सन्तानबाट सुख प्राप्ति, शरीरमा स्वस्थता, सन्तानबाट सुख प्राप्तिका साथै लामो यात्राको योग रहेको छ ।
मन्त्र ः ॐ रामाय नमः ।
३१ गते विश्व रक्तदाता दिवस,  असार ४ गते जेष्ठ शुक्ल पञ्चमी, ५ गते सिथि नखः, ७ गते विश्व योग दिवस