चेष्टा क्विज

16 May, 2018
क्विज २४६

१. आफ्नो सिक्का नभएको देश कुन हो ?
२. नेपालको निर्वाचन कानून अनुसार कूल सदर मतको कति प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुन्छ ?
३. चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति निल आर्मस्ट्रङको निधन कहिले भयो ?
४. १५ वर्ष जापानमा जेल जीवन बिताएका झापाका गोविन्द मैनालीको संस्मरणात्मक कृति कुन हो ?
५. डेनमार्कका वासिन्दालाई डेनिस भनिन्छ भने तान्जानियाका वासिन्दालाई के भनिन्छ ?
६. नारायणहिटी दरबार कसले बनाएका हुन् ? 
७. विद्याकी देवी सरस्वतीलाई मनपर्ने रंग कुन हो ? 
८. थारु जातिका मानिसले लगाउने काठको चुरालाई के भनिन्छ ? 
९. नेपालमा सबैभन्दा बढी घाँसे मैदान भएको क्षेत्र कुन हो ?  
१०. चेष्टा साप्ताहिकमा प्रकाशित ‘सुनचाँदीको साप्ताहिक बजार भाउ’को स्रोत कुन हो ?