चेष्टा क्विज

04 April, 2018
क्विज २४०

१) नेपालमा प्रथम पटक औद्योगिक नीति कहिले वनेको हो ? 
२) प्रत्येक वर्ष मानव विकाश प्रतिवेदन कसले प्रकाशन गर्छ ? 
३) विश्वमा तीनवटा सदन भएको एकमात्र देश कुन हो ? 
४) प्रशासकिय अदालत कुन ऐन अन्तर्गत गठन भएको हो ? 
५) नेपाल सरकार र नेकपा माओवादी वीच २०६३ मसिंर ५ गते भएको विस्तृत शान्ति सम्झौता नेपालको अन्तरिम संविधान २०६३ को कति औं अनुसूचीमा उल्लेख गरिएको छ ? 
६) सबैभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम हुम्लाको सिमिकोट हो भने यो स्थान समुद्री सतहबाट कति मिटर उचाईमा रहेको छ ? 
७) विस्केट जात्रा वर्षको कहिले मनाउने गरिएको छ ? 
८) क्षेत्रफलका दृष्टिले भ्याटिकन सिटीपछि विश्वकै दोस्रो सानो देश कुन हो ? 
९) रक्तहीन क्रान्ति भनेर चिनेको क्रान्तिको नाम के हो ? 
१०) गताङ्क प्रकाशित चेष्टा साप्ताहिकको प्रथम पृष्ठमा समावेश गरिएको समाचर के विषयमा थियो ?