चेष्टा क्विज

15 March, 2018
क्विज २३७

१) स्टोलन इमेज अफ नेपाल  नामक पुस्तकका लेखक को हुन् ? 
२) २१ मर्चको दिनलाई वसन्त सम्पात भनिन्छ भने २३ सेप्टेम्बरको दिनलाई के भनिन्छ ?
३) विश्वभर सञ्चालित ‘जिरो हंगर च्यालेन्ज अभियान’ लाई आत्मसात् गर्दै नेपालले कहिले सम्म भोकमरी अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ?
४) योगशास्त्रका प्रवर्तक को हुन् ?
५) सर्वोच्च अदालतले अनलाइन तारेख सेवा कहिलेदेखि सुरु गरेको हो ?
६) सामाजिक सञ्जाल फेसबुकको सुरुवात कहिलेदेखि भएको हो ?
७) ‘जीवनको सबैभन्दा अँध्यारो क्षणमा हामीले उज्याला किरणतिर मात्र ध्यान दिनुपर्छ’ भन्ने विद्वान् को हुन् ?
८) विश्वकै इतिहासमा सबैभन्दा उचाइको स्थानमा मन्त्रिपरिषद्को बैठक कहिले बसेको थियो ?
९) नेपाल सरकारले नेपाली भाषाका साथै अङ्ग्रेजी भाषासमेत प्रयोग गरी नयाँ ढाँचाको नेपाली नागरिकताको प्रमाणपत्र कहिलेदेखि दिन सुरु गरेको हो ?
१०) गताङ्क प्रकाशित चेष्टा साप्ताहिकको डायरी मनको स्तम्भमा कसलाई समेटिएको छ ?