चेष्टा क्विज

09 February, 2017
quiz 183

१८३ र्औ क्विज
१) पानीभित्रको आवाज नाप्ने यन्त्रलाई के भनिन्छ ?
२) वैङ्क खातामा पर्याप्त रकम नभएका कारण भुक्तानी हुन नसकेको चेकलाई कसरी चिन्ने गरिएको छ ?
३) पृथ्वीको वातावरण संरक्षणलाई पहिलो प्राथमिकता दिन गरिएको अर्थ फस्ट आन्दोलन कसले शुरु गरेका थिए ?
४) सन् २०१५ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार पाउने ब्यक्ति को हुन्
५) धिमाल भाषाको पहिलो चलचित्र ‘उनी’ हो भने नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
६) नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली नेपालको प्रधानमन्त्री पदमा कहिले निर्वा्चित भएका थिए ?
७) वीर बलभद्र कुँवरको नेपाल अंग्रेज वीच भएको कहाँको युद्धमा वीरतापूर्वक लडी राष्ट्रभक्तिको परिचय दिएका थिए ?
८) नेपालको सबभन्दा पुरानो मुर्ति विरुपाक्ष हो भने सबभन्दा सानो मुर्ति कुन हो ?
९) चन्द्र सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डाका डिजाइनर को हुन् ?
१०) गताङ्ग प्रकाशित चेष्टा साप्ताहिकको क्विज कति औ भाग हो ?