विचार

  • चाहना अनुसारदुई ठूला कम्युनिष्ट पार्टीको एकताले दिएको सन्देश

    जीएन प्रधान झण्डै साँढे सात महिनासम्मको कौतुहलता, आशंका, उपशंका र द्धिविधाहरुलाई चिर्दे यहि २०७५ जेष्ठ ३ गते तत्कालीन नेकपा एमालेका श्रद्धेय नेताद्धय क. मदन भण्डारी र क. जीवराज आश्रितको स्मृति दिवसको दिन पारेर नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु बीचको एकताले सार्थकता पाएको छ । २०७४ को असोज १६ गते एकाएक रुपमा दुई कम्युनिष्ट पार्टी बिचको संसदीय तथा संघीय चुनावी तालमेलसँगै दुई पार्टी एकीकरण हुने भन्ने सन्देश दिएर निर्वाचनमा होमिएर उपलब्धीमूलक सफलतासँगै यिनै दुई पार्टी बीचको आपसी समझदारीमा क. केपी ओलीको नेतृत्वमा सरकार समेत गठन गरी राज्य संचालनमा अघि बढिरहेको छ । सधैंभरी देशी विदेशी पूँजीवादी शक्तिहरुलाई खुशी पार्दै देश र जनताको हितको नाममा कथित जनताको लागि भनि राजनीति गर्दै हिँडेको भन्ने कुराले बल्ल मूर्तरुप लिन खोजेको छ । “कामकुरो एकात...