अन्तराष्ट्रिय

  • सीड्नीको कथा, आफ्नै ब्यथाः बर्थडेमा श्रीमतीको जेल उपहार!

    हेमन्त काफ्ले   ६६ दिनको जेल बसाइपछि सुसन (नाम परिवर्तित) बेल (धरौटी)मा रिहा भएको केही दिन मात्र भएको छ। उनको बेल कन्डिसन सीड्नीभन्दा बाहिर बस्नुपर्ने मात्र होइन, जेलको चार दिवारभन्दा फरक खुला सास फेर्ने वातावरण मात्रै हो। अरू सबै कानुनकै परिवन्द भित्र छन् उनी। दसैं सकिएर तिहारको रमझम थियो। सिड्नीको ब्यस्त जीवनमा उनी सातामा ६५ घन्टा जति काम गर्थे। कमाइ राम्रै थियो, सातामै १४ सय डलर कमाइ भनेको धेरै राम्रो हो। सन् २००८ तिर नेपालको बाग्लुङबाट सीड्नी आएका सुसनले लभ म्यारिज गरे पनि बिदेशमा एक्लो जीवन विताउँदै आएका थिए। काम, परिबन्द र स्थायीत्वको चक्करमै उनले धेरै समय खेर फाले। लामो समयको एकल बसाइपछि उनले पछिल्लो वर्ष मात्र श्रीमतीलाई अस्ट्रेलिया झिकाए। सीड्नीको डबल ड्यूटी र त्यसपछिको थकानमा सुसनको जिन्दगी चलेकै थियो। श्रीमती नेपालमा ह...