अन्तरवार्ता

मलाई राजनीतिको जुन रङ्गबाट हेर्नुभयो त्यहि देख्नुहुन्छ

प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठ
उपकुलपति
काठमाडौं विश्वविद्यालय

लामो रस्साकस्सी पछि काठमाडौं विश्वविद्यालयको उप कुलपतिमा निः प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठलाई नियुक्ति गरिएको छ । माकजूको पहिलो चारवर्षे कार्यकाल मंसिर २६ गते समाप्त भए पछि केयूको उपकुलपति बन्न धेरैले दौडधुप गरेपनि अन्ततः विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रवार पुनः माकजुलाई नियुक्त गरे । राजनीतिक हस्तक्षेप बढ्दै गएको केयूमा पुनः नियुक्ती भएका उपकुलपति माकजूले अघिल्लो कार्यकालमा केयूको २५ वर्षको साख जोगाउदै केहि नयाँ कार्य गरेको बताए । आईतबार पनि एक अर्वको कोईकाको कार्यक्रममा सम्झौता पनि गरे । अष्ट्रियामा १६ वर्ष मेडिकल शिक्षा लिएर नेपालमै केहि गर्नुपर्छ भन्ने भावनाका साथ धुलिखेल सामुदायीक अस्पतालको निर्माण र सञ्चालन गरि नमुना पेश गरेका माकजुले आगामी कार्यकालमा केयूको गुणस्तरीय शिक्षालाई अझ राम्रो बनाउने लक्ष्य लिएको बताए । अघिल्लो चारवर्षे कार्यकालमा भएका विवादित विषय, गरेका काम र आगामी कार्यकालका योजनाका बारेमा संचारकर्मी भगवती तिमल्सिना, रामकृष्ण र मोतिराम तिमल्सिनाले शुक्रवार गरेको कुराकानीको सारसंक्षेप–

– ठुलो रस्साकस्सिका बीच तपाई पुनःउपकुलपतिमा नियुक्ति हुनुभयो, कस्तो अनुभति भईरहेको छ ?
    म आफैलाई अचम्म लागेको छ । धेरै ब्यक्तिहरुले विश्वास गरेका थिए, सोचेका थिए पदका लागि जे पनि हुन सक्छ । तर त्यस्तो भएन । त्यस्तो मुल्य मान्यता मेरो नियुक्तिले भत्काईदियो । मलाई हर्षित र अचम्मित बनाएको छ ।

– यहाँले यस अघि विताउनु भएको कार्यकालका कारण दोश्रो पटक नियुक्ति हुन अलिक धेरै शक्ति केन्द्रहरु धाउनु प¥यो हैन ?
    को को कहाँ कहाँ धायो मलाई जानकारी हुनु आवश्यक भएन । म त्यसरी धाएको पनि छैन । धाउनु पनि परेन ।

– कार्यकालमा गरेका कामले किन विवाद ल्यायो त ?
    मैले विशेषगरी मेडिकल क्षेत्रमा ध्यान दिएँ । लामो समय मेडिकल क्षेत्रमै काम गरें । शुरुवात पनि मेडिकल क्षेत्रबाटै गरें । मेडिकल क्षेत्रलाई अझै राम्रो बनाउन मेरो ध्यान गएकै हो । कुनै क्षेत्रलाई किन धेरै राम्रो नगराउने ? अरु क्षेत्रमा अलिक कम ध्यान पो गयो कि ? यो कार्यकालमा मैले धेरै साथीहरुलाई चिनें । चिन्ने अवसर पनि पाएँ । चार वर्षको समय सिक्नै पनि लाग्यो ।

– यहाँले मेडिकल शिक्षामा ध्यान दिएँ भनिरहँदा मेडिकल शिक्षाको बेथिती हटाउन सहयोग नगरेको भन्ने आरोप खेप्नु प¥या हैन र ?
    यसो भनिरहँदा राम्रा कुरा भन्दा नराम्रा कुराहरु अगाडी आए । राम्रो कुराहरु राम्रै भई हाल्यो । नराम्रो कुराहरुका चर्चा भए । चार वर्षमा जसरी मेडिकल क्षेत्रमा सुधार आए त्यो अभुतपुर्व हो । मेडिकल क्षेत्रका कार्यक्रमहरु नै नयाँ नयाँ आए । मेडिकल क्षेत्रमा आठ वटा विद्याहरु थपिएका छन् । गुणस्तरमा फड्को मारेका छौं । पहिला पास भएको र फेल भएको कुरा पनि थाहा हुँदैन थियो । अहिले हामीले छर्लङ्ग पारेका छौं । शुल्क पनि पारदर्शी भएको छ । सरकारले तोकेको भन्दा कम मुल्यमा मेडिकल शिक्षा उपलब्ध गराएका छौं । मेडिकल क्षेत्रमा हामीले थुप्रै सुधार गरेका छौं । अझै गर्दै लैजाने छौं ।
– काठमाडौ विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल छैन भनिन्छ नि ?
    त्यस्तो होइन । काठमाडौ विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल भनेको धुलिखेल अस्पताल हो । यसमा कोहि पनि कन्फ्युज हुनु पर्ने कारण छैन । आफ्नै अस्पताल भनेको नै धुलिखेल अस्पताल हो । पठनपाठन ठिक छ कि छैन ? त्यहाँ अध्ययन हुने विषय, त्यहाँको अनुगमन र त्यहाँको सबै रेखदेख पनि काठमाडौ विश्वविद्यालयकै हो । गोजीमा भएको मेरो र झोलामा भएको हाम्रो भन्ने कुरा यसमा लागु हुँदैन ।

– धुलिखेल अस्पताल शिक्षण अस्पताल हो भन्ने कुरा कानुनी आधारमा छैन र ?
    छ । हामीले नेपालको कानुन अनुसार सबै निकायमा त्यसका बारेमा जानकारी गराएका मात्रै छैनौं त्यसको अनुमति पनि लिएका छौं । अब शक्ति पिठमा गएर गरिएको विवाहलाई मात्रै विवाहको मान्यता दिने हो र ? कोर्टमा भएको विवाहलाई चाँहि विवाह नठान्ने ? दुबै विवाह विवाह नै हुन् । कसैलाई त्यस्तो लाग्न सक्छ । तर धुलिखेल अस्पताल काठमाडौ विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल हो । यसमा दुईमत छैन ।

– यहाँको पुनः नियुक्तिको विषयलाई लिएर क्षमता माथी प्रश्न उठाईयो नि ? नियुक्तिकै विषयलाई असन्तोष हुनेहरु पनि होलान,् कसरी ब्यवस्थापन गर्नुहुन्छ ?
    पद एउटा छ । आंकाक्षी धेरै हुनु स्वभाविक हो । छान्ने ब्यक्तिहरुलाई पनि सजिलो थिएन । कामको मुल्याङ्कन भएको भनेको यहि हो । जसले काम गरेको छ उसलाई छान्न सहज पनि भयो होला । जो कहिल्यै कुनै पदमा, जागिरमा समावेश भएको छैन । म पदमा होईन पदको सिर्जनमा विश्वास गर्छु । हामीले हजारौ पदहरु सिर्जना गरेका छौं । मलाई विश्वास छ, यो नियुक्ति र सिफारिस कामकै आधारमा भएको हो । म सबै साथीहरुको अब पुनः टिम लिडर भएको छु । सबैलाई समेटेर, सबैको भावना अनुसार अगाडी बढ्छु ।

– तपाईको ब्यक्तिगत स्वभावका कारण सबै पक्षसँग समन्वय गर्न नसक्ने कमजोरीले दोश्रो पटकको नियुक्तिमा कठिनाई भयो पनि भनिन्छ नि ?
    कमिकमजोरी भएको महसुस भएको छ । त्यसबाट सिक्न सक्नु महानता हो । राय, सल्लाह, सुझाव लिएरै अगाडी बढ्ने छु ।

– चार वर्षे कार्यकालमा के गर्नु भयो ? अब चुनौती के देख्नु भएको छ ?
    म जादुको छडी लिएर नियुक्ति भएको हुँ र ? जसले नियुक्ति भएको चार वर्षमै सबै अपेक्षा पुरा गर्न सक्छ । चार वर्षमा हामीले काठमाडौ विश्वविद्यालयका मुल्य मान्यतालाई बचाएका छौ र हाम्रा लक्ष्य र कल्पनासँग मेल खाने पाईला चालेका छौं । उदाहरणका लागि गत वर्षको विनाशकारी भुकम्प पछि हाम्रा शिक्षक, कर्मचारी र विद्यार्थीहरुले उद्धार, राहत, उपचार, पुर्नवास र पुर्ननिर्माणमा हजारौ परिवारलाई सहयोग गरेका छन् । भत्किएका केही सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुलाई पुनर्जीवन दिने कार्यमा हामी अहिले पनि लागिरहेका छौं । शिक्षण र अनुसन्धानलाई कक्षाकोठामा सिमित नगरी समुदायसम्म पु¥याउन जोड दिएका छौं । हाम्रा विशेषज्ञहरुले युवाहरुलाई ब्यवसाय र उद्यमशिलताप्रति आर्कषित गराईरहेका छन् । समुदायमा वातावरण, स्वच्छचता र सरसफाई सम्वन्धी प्रविधिहरु विकास गर्न हाम्रा शिक्षक र विद्यार्थीहरु धेरै ठाउँमा कार्यरत छन् । प्राज्ञिक कार्यक्रम, अनुसन्धान र विकासका लागि देश विदेशका विभिन्न संघ संस्थाहरुसँग सक्रिय सहकार्य गरेका छौं ।
    विश्वस्तरीय विशेषज्ञहरुले विभिन्न अनुसन्धान गर्ने केन्द्रका रुपमा प्रयोग हुने नमुना गाउँ निर्माण गर्न हाम्रो विश्वविद्यालय कोईका सँग ऐतिहासिक सम्झौता गरेको छ । नेपाली समाज र परिवेश सुहाउँदा प्रविधि र सिर्जनाहरुको अध्ययन गराएका छौं । अन्र्तराष्ट्रिय स्तरका विश्वविद्यालय र संघ संस्थाका विशेषज्ञहरुलाई देशमा भित्र्याएर नेपाली विशेषज्ञहरुको स्तर बढाएका छौं । यस्ता थुप्रै काम चार वर्षे कार्यकालमा भएका छन् ।
    रिसर्च गरेर मात्रै होईन त्यो त्यहि ठाउँसम्म पु¥याउनु पर्ने प्रमुख चुनौती छ । समुदायमा बस्ने मानिसहरुको जीवनमा सकारात्मक सोच, त्यसले ल्याएको गुणस्तरीयता प्रमुख कुरा हो ।
    
– आगामी चार वर्षमा काठमाडौ विश्वविद्यालयलाई अगाडी बढाउने तपाईको योजना ?
    सर्वप्रथम त हामी विश्वविद्यालयको सेमेस्टर प्रणालीको शैक्षिक क्यालेण्डर धरमराउन दिने छैन । प्रशासनिक तथा आर्थिक पक्षलाई पारदर्शी र स्वच्छ राख्ने छु । नेपालका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारमा सहयोग पु¥याउँदै यो विश्वविद्यालयले नेपाल र दक्षिण एसियामै जलविद्युत्त तथा नविकरणीय उर्जासम्वन्धी शिक्षण र अनुसन्धानको प्रमुख केन्द्रको रुपमा स्थापित गर्नेछु । त्यो सँगै अत्यावश्यक पुर्वाधारहरुको निर्माणमा सक्रिय भई लगानी गर्ने, विश्वविद्यालय गाउँमा र विद्यार्थी मैत्री विश्वविद्यालय बनाउने अवधारणा बोकेका छौं । त्रिपुरासुन्दरी मन्दिरको पुर्ननिर्माण गर्नेर्छाै । जसले भ्त्ल्इःग्क्क्ष्ऋइीइन्थ् लाई नेपालमा स्थापित गर्नेछ । विश्वविद्यालय कन्भेन्सन सेन्टरको शुरुवात गरिसकेका छौं । ट्रमा सेन्टरको काम अगाडी बढाईएको छ । बर्थिङ्ग सेन्टर, दन्त विभागलाई पूर्णता दिदै लङ्ग सेन्टरको शिल्यान्यास गर्दैछौं । आईटी पार्कलाई विस्तार र विकास गर्ने प्रमुख उदेश्य छ । यसका लागि ५ अरव रुपैयाको लगानी आवश्यक छ । त्यो मध्ये हामीले केहि रकम जुटाईसकेका छौं । अरु सहयोग आउने क्रम जारी छ ।
    अर्काे हामीले कल्पना गरेको विश्वविद्यालय भनेको जहाँ पढाएका विषयको भन्दा गरेका कामको बढी मुल्य हुन्छ र सबै विद्याका मानिसहरु बसेर प्राज्ञिक बहस गर्ने वातावरण हुन्छ, जसले समुदायमा गाभिएर रोजगारी सिर्जना गर्छ र समाजको परिवर्तनमा अमुल्य योगदान पु¥याउँछ, जसले आपसमा हातेमालो गरेर सहयोग गर्ने संस्कार बसाउँछ र समाजमा मिलिजुली बसेका मानिसहरुका बीच फाटो नल्याई एक अर्काको अझ नजिक ल्याउँछ, जहाँ विशेषज्ञ र विद्धानहरुको जस्तै दिनहुँ माटोमै रहेर परिश्रम गरिरहने विपन्न किसानहरुको पनि सम्मान हुन्छ, जहाँ संसार परिवर्तन गर्ने खालको भाषण गरेर पनि काम नगर्ने मान्छेको सट्टा काखमा नानी च्यापेर नदीको किनारमा ढुङ्गा फुटाईरहेकी गरिव महिलाको श्रमको महत्व हुन्छ, अनि जसले विदेशमा श्रमिक बनेका हजारौ युवाको हितका लागि भनेर गरिने फोस्रा गफको सट्टा त्यस्ता युवाहरुले वगाएको पसिनालाई बढि महत्व दिन्छ, हो यही हो मैले कल्पना गरेको हाम्रो विश्वविद्यालय । आगामी कार्यकालमा यो पुरा हुने छ । शुरुवात भएका कामहरुलाई पूर्णता दिनेछु । सबै साथीभाईहरु, विश्वविद्यालय भित्र र बाहिरको टिमको सहयोग, सल्लाह र सुझाव लिएर अगाडी बढाउने छु ।

– दोश्रो पटक नियुक्ति हुनुभयो, अब पहिलो निर्णय के गर्नुहुन्छ ?
    भोली आईतबार विश्वविद्यालयकै इतिहासको सबै भन्दा ठुलो योजना कोईकासँग भएको सम्झौताको कार्यान्वयनका लागि हस्ताक्षर गर्नेछु । शुक्रबार नियुक्ति लिएपछि मैले त्यसको तयारी समेत गरेको छृु । एक अर्वको उक्त कार्यक्रम आईतबारबाट शुभारम्भ भएको छ । जसले क्याम्पसबाट समुदायसम्म अध्ययन र विकास पु¥याउन महत्वपूर्ण सहयोग पु¥याउने छ ।

– विश्वविद्यालयको आन्तरिक श्रोत घट्दै गएको हो ?
    त्यस्तो छैन । हाम्रा आन्तरिक श्रोतहरु बढेका छन् । बाहिर बजारमा आउने हल्लाहरुलाई मात्रै विश्वास गर्ने हो र ? त्यहाँको सम्पूर्ण कुरा उपकुलपति, रजिष्ट्रार, डिन र सिङ्गो विश्वविद्यालयको टिमलाई थाहा हुनेछ । हाम्रो श्रोत घट्दै होईन बढ्दै गएको छ । ढुक्क हुनुस् आन्तरिक कार्यक्रम, रिजर्च, विश्वसनियता बढ्दै गएको छ । हामीले आम्दानी खर्चको पारदर्शिता समेत गरेका छौं ।

– राजनीतिबाट विश्वविद्यालयहरु मुक्त हुन सकेनन् भनिदै छ, काठमाडौ विश्वविद्यालयलाई मुक्त गराउन सक्नुहुन्छ ?
    राजनीति मैले नबुझेकाले पनि होला मलाई त्यस्तो लाग्दैन । अहिले जे भयो राम्रो भयो । म आफै पनि राजनीतिबाट मुक्त भएको मान्छे हुँ । मलाई राजनीतिमा तान्न मन लाग्ने दल तथा ब्यक्तिहरुले जताजता मन लाग्छ उतै उतै तानेर हेर्नु भए हुन्छ । म तपाईहरु सबैको हुँ ।

– मेडिकल शिक्षाको बेथिती हटाउन भन्दै पटक पटक सत्याग्रह गर्नु भएका डा. गोविन्द केसीको अभियानलाई आगामी दिनमा कसरी लिनुहुन्छ ?
    मित्र डा. गोविन्द केसीका धेरै कुराहरु राम्रा छन् । राम्रा कुराहरुलाई समर्थन हुन्छ । नपुग कुराहरुलाई थप राम्रो बनाउँदै अगाडी बढ्नु पर्छ । मेडिकल क्षेत्रमा सुधार गर्नु आवश्यक छ ।

– तपाईको नियुक्ति प्रधानमन्त्री र शिक्षा मन्त्रीले झापाको विएण्डसी कलेजलाई सम्वन्धन दिने शर्तमा मात्रै गरिएको भनिदै छ नि ?
    धेरैका धेरै आंकाक्षा हुन्छन् । इच्छा पनि हुन्छन । तर म कुनै पनि शर्त गोजीमा राखेर, झोलामा बोकेर उपकुलपतिमा नियुक्ति भएको होईन । मलाई आवश्यक पनि छैन । मेरो ब्यक्तिगत फेसबुक एकाउण्ट पनि छैन । इमेल एकाउन्ट पनि छैन । विश्वविद्यालयको २५ बर्षे मुल्य मान्यतालाई जोगाउनु मेरो कर्तब्य हो ।

- अन्त्यमा
    काठमाडौ विश्वविद्यालय बुझ्ने हो भने विश्वविद्यालय भित्रै आउनुस् । विश्वविद्यालय बुझ्ने मानिससँगै कुरा गर्नुस् । धुलिखेल, काभ्रेबासी र नेपालीहरुकै गहना हो विश्वविद्यालय ।    

(यो अन्र्तवार्ता हामीले उपकुलपतिमा नियुक्ति भएकै दिन शुक्रबार नै लिएका हौं । नेपाल समाचार पत्र दैनिक, प्राईम एफएममा समेत प्रसारण भईसकेको छ ।)


प्रकाशित मिति: 26 January, 2017