अन्तरवार्ता

धुलिखेल नगरलाई शिक्षा र स्वास्थ्यको केन्द्रको रुपमा विकास गर्नेछौं

अशोककुमार व्याञ्जू
प्रमुख 
धुलिखेल नगरपालिका 
२०५४ सालमा धुलिखेल नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुँदा देशकै कान्छो उपप्रमुखको रुपमा चिनिएका नेपाल नगरपालिका संघका संयोजक अशोक ब्याञ्जु त्यहि बेला भएको नगरपालिकाहरुको निर्वाचनमा नेपाल नगरपालिका संघको उपाध्यक्षमा निर्वाचित भए । २०५९ सालसम्म जनप्रतिनिधिहरुको निर्वाचित कमिटी कायम भए पनि २०५९ देखि २०७४ बैशाखसम्म कर्मचारीहरु मार्फत स्थानीय निकाय संचालन भयो । तर पनि नेपाल नगरपालिका संघले देशभरका नगरपालिकाहरुको क्षमता विकास, नगरपालिकाहरुमा एकिकृत योजना तथा नगरपालिकाहरुको अधिकारका लागि निरन्तर वकालत गरिरह्यो । २०७४ बैशाख ३१ गते सम्पन्न निर्वाचनबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरु चयन हुनुभयो । नेपाल नगरपालिका सघलाई नेपाल सरकारले स्थानीय सरकार सचालन ऐन ल्याउँदा संघ गठनको प्रस्तावलाई सरकारले कटौती गरिदिएको छ । तर पनि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रबाट मान्यता प्राप्त नगरपालिका सघलाई निर्वाचित जनप्रतिनिधिहरुको समुहले पुर्नगठन ग¥यो र उपाध्यक्ष ब्याञ्जुको संयोजकत्वमा नयाँ समिति चयन ग¥यो । ब्याञ्जु गत बैशाखमा सम्पन्न धुलिखेल नगरपालिकाबाट प्रमुख पदमा विजयी हुनुभएको छ । 
धुलिखेल नगरपालिकाको प्रमुख पदमा विजयी ब्याञ्जु नेकपा एमाले काभ्रेका उपाध्यक्षसमेत हुनुहन्छ । काभ्रेका तीनवटा नगरपालिका बनेपा, पनौती र धुलिखेलमा झण्डै एक अरवको एकिकृत खानेपानी योजना संचालन गर्न प्रमुख र महत्वपूर्ण भूमिका खेल्ने ब्याञ्जु  काभ्रे उपत्यका एकिकृत खानेपानी निर्देशक समितिका संयोजक हुनुहुन्छ । व्याञ्जु स्थानीय निकाय र स्थानीय सरकारका बारेमा लामोसमयदेखि अध्ययन, अवलोकन भ्रमण गरी विज्ञका रुपमा चिनिनु भएको छ । प्रस्तुत छ उहाँसँग धुलिखेल नगरपालिकाको स्थापना दिवस र आगामी योजनामा केद्रित रहेर गरिएको कुराकानीको सारसंक्षेप :
 

- धुलिखेल नगरपालिकाले फागुन ५ गते ३१ औं स्थापना दिवस मनाउँदैछ, यो अवसरमा के के कार्यक्रम आयोजना गरिएको छ ? 

यसपटक नगरपालिकाको स्थापना दिवस प्रदेश नंवर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा आयोजना हुँदैछ । स्थापनाकै अवसरमा नगरपालिका स्थापनाका लागि महत्वपुर्ण भूमिका खेल्नुहुने र नगरको विकासमा आफ्नो जीवनको उर्जाशिल समय खर्चेर लाग्नुभएका नगरपालिकाका पुर्वप्रमुख बेलप्रसाद श्रेष्ठलाई नगर रत्नले सम्मान गर्ने कार्यक्रम रहेको छ । यस्तै सोही दिन धुलिखेल नगर स्तम्भको शिलान्यास हुनेछ भने प्रत्येक शनिबार नगरपालिकाले सञ्चालन गर्न लागेको नगर सरसफाई कार्यक्रमको घोषणासमेत हुनेछ । यसैगरी स्थापना दिवसकै अवसरमा हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा निर्वाचित हुनुभएका सांसदलाई सम्मान गर्ने तथा नगरका उत्कृष्ट समाजसेवी, कवि, कृषक, विद्यालय, शिक्षक, सहकारी, सामाजिक संस्था, बाल क्लब, स्थास्थ्य स्वयंसेवी, सचेतना केन्द्र, उद्योगी, उत्कृष्ट करदाता, टोलसुधार समिति लगायतलाई सम्मान गरिँदैछ भने  स्वर्गीय राजन कोइराला जनसेवी पुरस्कार पनि प्रदान गरिँदैछ । 
 
- धुलिखेल नगरपालिका कहिले र कसरी स्थापना तथा -विस्तार भयो ? 
धुलिखेल बासीहरुको बिशेष पहल र यस नगरपालिका स्थापनाको लागि अहोरात्र खटिएका स्थानीय समाजसेवीहरुको पहलमा २०४३ साल फागुन १५ गते धुलिखेल नगरपालिकाको स्थापना भएको हो । यो कार्यमा स्थानीय बेलप्रसाद श्रेष्ठ¸ दुर्गा प्रसाद शात्री¸ हरिकृष्ण न्हसिजु¸ श्रीलाल माकजु¸ रामचन्द्र घिनान्जु¸ दीर्घराज श्रेष्ठ¸ मिश्रीलाल श्रेष्ठ¸ चण्डी प्रसाद श्रेष्ठ¸ भजराम माकजु¸ डवलकाजी माकजु¸ रामेश्वर श्रेष्ठ¸ देव मन्दील खोजु¸ स्वाधिन कुमार ब्यान्जु¸ अनमोल माकजु श्रेष्ठ¸ सन्तोष काजी ब्यान्जु¸ बीरमान योगल¸ उमरलाल योगल¸ बसन्त वहादुर राणाभाट¸ केदार थापामगर तथा तात्कालिन भुमी सुधार तथा परराष्ट्र मन्त्री शैलेन्द कुमार उपाध्याय लगायतले सक्रियरुपमा पहल गर्नुभएको थियो । सोही पहलको परिणामस्वरुप तत्कालिन राजा विरेन्द्र विर विक्रम शाहबाट सुदुर पश्चिमाञ्चलको भ्रमणका क्रममा दिपालय सिलिगुडीबाट घोषणा भए पश्चात २०४३ फागुन ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तात्कालिन धुलिखेल गाउँपञ्चायतलाई धुलिखेल नगर पञ्चायतको गठन गरिएको हो । तत्कालिन समयमा धुलिखेल नगरपञ्चायतमा साविक धुलिखेल गाउँ पाञ्चायतको सम्पूर्ण भाग श्रीखण्डपुर गाउँपञ्चायतको सम्पूर्ण भाग¸ बज्रयोगिनी गाउँपञ्चायतको सम्पूर्ण भाग¸ काभ्रे गाउँपञ्चायतको देवीस्थानडाँडा पानीढलोको उत्तर पश्चिम पर्ने भाग र आरटिओ सडकको उत्तर पश्चिम पर्ने सुब्बागाउँ गाउँ पञ्चायतको भागसमेत समावेश गरिएको थियो । जसको जनसंख्या अन्दाजी १० हजार रहेको थियो भने ९ वटा वडा कायम गरिएको थियो । त्यसपछि  नगरपालिका आसपासका गाउँ विकास समिति गाभिई क्षेत्र विस्तार गर्ने नीति अनुरुप २०७२ असोज १ मा तत्कालीन काभ्रे नित्यचण्डेश्वरी गाउँ विकास समितिको सम्पूर्ण भागलाई समावेश गरी १३ वटा वडा भएको धुलिखेल नगरपालिका बन्यो । यस्तै राज्य पुनःसंरचना आयोगको सिफारिसका आधारमा नेपाल सरकारले २०७३ फाल्गुण २७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी साविकको देविटार गाविसको १,२,३, ६,७,८,९ वडा¸ रविओपी गाविसको १–५ वडा¸ सारदा बतासे गाविसको १,२,५,६,७,८ वडा¸ शंखुपाटीचौर गाविसको १,२,३,५,६,७,८,९ वडा र पात्लेखेत गाविसको सम्पूर्ण भागलाई मिलाएर १२ वटा वडा, ५४.६२ वर्ग कि.मि. क्षेत्रफल भएको पूर्वः पाँचखाल, पश्चिमः बनेपा,  उत्तरः मण्डन देउपुर,  दक्षिणः नमोवुद्ध र पनौती नगरपालिका रहेको बृहत धुलिखेल स्थापना भएको छ । 
- तपाईं धुलिखेल नगरपालिकाको एक कार्यकाल उपप्रमुख पनि हुनुभयो, विगतमा धुलिखेल नगरपालिकाले के कस्ता काम सम्पन्न ग¥यो ?
स्थापनाकालदेखि नै धुलिखेल नगरपालिकाले नगरबासीको हितका लागि सक्रियतापुर्वक काम गरिरहेको छ । यसका साथै नगरको विकासमा पनि महत्वपुर्ण फड्को मारेको छ । विगतमा नगरपालिकाको आफ्नै भवन निर्माण, खेलमैदान निर्माण, एसियाकै नमुना मानिएको धुलिखेल गानेपानी आयोजना निर्माण र सञ्चालन, धुलिखेल सामूदायिक अस्पताल स्थापना, काठमाडौं विश्वविद्यालय स्थापना, धुलिखेल पार्क, हजार सिढी लगायतका भौतिक पुर्वाधारको निर्माणमा नगरपालिकाले महत्वपुर्ण उपलव्धी हासिल गरेको छ । यसका साथै विभिन्न क्याम्पस, विद्यालय निर्माणका साथै नगरपालिकालाई स्वच्छ राख्ने उद्देश्यले ढल प्रशोधन केन्द्र निर्माण लगायतका काम पनि नगरपालिकाले गरेको थियो । मुलुककै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक धुलिखेलमा पर्यटनको विकासमा पनि विगतदेखि नै काम हुँदै आएको छ । 
- नगरपालिकाले लामो समयपछि स्थानीय तहको चुनावमार्फत जनप्रतिनिधि पाएको पनि नौ महिना भइसकेको छ, यो अवधीमा के कस्ता काम भए ?
हामीले नगरपालिकामा निर्वाचित भएर आएदेखि नै नगरबासीको हित र नगरपालिकाको विकासका लागि योजनावद्धरुपमा काम अगाडि बढाइरहेका छौं । हामीले नगरका सबै वडामा इन्टरनेटसहित कार्याल्य व्यवस्थापन गरेर नगरपालिकाको कामलाई चुस्त बनाउने प्रयास गरेका छौं । निर्वाचित भएलत्तै धुलिखेल नगरपालिकाको समग्र विकासको तथा आगामी दिनमा नगरपालिका कसरी अगाडी बढ्ने भन्ने सम्बन्धमा प्राथमिकता क्षेत्र निर्धारण सहितको २० बर्षे योजना तयार पारेका छौं । यस्तै नगर सरकारको रुपमा ब्यवस्थित गरी संचालन गर्न आवश्यक पर्ने विभिन्न ५ वटा ऐन र कार्यविधि पारित गरेका छौं भने नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, कृषि, घरेलु, पशुसेवा तथा आर्युवेद शाखाहरु स्थापना भइसकेका छन् । यस्तै गरिवी न्यूनिकरणको लागि मेयर गरिवी निवारण कोषको स्थापना गरिएको छ । यसैगरी  ५ बर्ष भित्र सबै नगरबासीहरुलाई स्वच्छ खानेपानी पुर्याोउनको लागि एकीकृत खानेपानीले नसमेट्ने स्थानहरुका लागि सर्भेको काम सम्पन्न गरिएको छ भने धुलिखेल नगरपालिका क्षेत्रमा उद्यमीहरु तयार गर्नको लागि लघु उद्यम विकास कार्यक्रमसँग सम्झौता भई ५ बर्षे उद्यम विकास रणनीतिक योजना तयार भइसकेको छ । यी लगायत नगरपालिकामा रहेका मुख्य राजमागसँग जोडिने सहायक मार्गको स्तरोन्नतिका लागि पनि काम भइरहेको छ । 
 
- आगामी दिनमा नगरपालिकाले के के काम गर्ने योजना बनाउनुभएको छ ? 
नगर विकासको २० बर्षे योजनाअनुसार नै क्रमश विकास निर्माणका कामलाई हामी अगाडि बढाउँदै छौं । आगामी नगरसभाबाट यसका लागि थप योजना र बजेट सार्वजनिक गर्नेछौं । अहिले तयार भएको योजनाअनुसार निजी साझेदारीको अवधारणा बमोजिम धुलिखेल मनोरञ्जन पार्कलाई एक ब्यस्थित पार्क निर्माणको लागि आवश्यक संरचना निर्माण गरी आय आर्जनको क्षेत्र विस्तार गरिनेछ भने प्रत्येक वडामा एउटा बाल उद्यान निर्माण गरिनेछ । यस्तै सरस्वतीबजारमा वातावरण मैत्री पार्क निर्माण, धुलिखेलमा लगानी बृद्धि तथा लगानी वातावरणको लागि दातृ निकायको सम्मेलन गरी थप लगानीका क्षेत्र विस्तार, विभिन्न वडाहरुमा सडकको निर्माण र स्तरोन्नति लगायतका काम हुनेछ । यस्तै आगामी बर्ष पहिलो चौमासिक सम्ममा बिभिन्न क्षेत्रका छुट्टाछुट्टै १७ वटा क्षेत्रको एकीकृत नगर विकास योजना तयार गरिनेछ भने धुलिखेल नगरपालिका भित्र रहेका सुकुम्बासीको ब्यवस्थापनको लागि सबै वडाबाट सुकुम्बासीको पहिचान गरी अति गरिबलाई बसोबास योग्य जग्गा बितरण गर्ने गरिने छ । 
 
- यहाँ धुलिखेल नगरपालिकाको प्रमुख, काभ्रे उपत्यका खानेपानीको संयोजक पनि हुनुहुन्छ ? एकिकृत खानेपानीको कामको गति के भईरहेको छ ? 
काभ्रे एकिकृत खानेपानीका केहि अफ्ठ्याराहरु पनि थिए । त्यहि अफ्ठ्याराका कारण केहि ढिलोपन पनि भएकै हो । ति सबै कुराहरु छिचोल्दै यहाँका राजनीतिक दल र जनप्रतिनिधिहरु मार्फत सबै कुरा टुङ्गिसकेको छ । ८० प्रतिशत काम सकिएको छ । केहि काम सम्पन्न भएको भए पनि टेष्ट हुन बाँकी छ । त्यो टेष्ट सकिएपछि ९० प्रतिशत काम सम्पन्न हुनेछ । बाँकी १० प्रतिशत काम असार भित्र सम्पन्न गर्ने योजनामा छौं । आउँदो दशै भित्र तीनवटै नगरपालिकामा २४ सै घण्टा पानी खुवाउने तयारीमा छौं । भर्खरै एशियाली विकास बैकसँग पनि त्यहि विषयमा छलफल भएको छ । केहि सानातिना समस्याहरु छन् त्यो हामी आफै समाधान गर्ने छौं । लामो छलफल र केहि अफ्ठ्याराहरुलाई छिचोलेर हामी यो अवस्थामा आएका छौ । जनप्रतिनिधिहरु र राजनीतिक दलहरुको सहमतिमा हामी बाँकी कामहरु सम्पन्न गर्नेर्छाै । जतिसक्दो चाँडो हामी त्यो योजना सम्पन्न गर्नेर्छाै । 
 
- तपाईंको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने लक्ष्य लिनुभएको छ ?
धुलिखेल नगरलाई आगामी पाँच वर्ष भित्र हामी पाँचवटा उदेश्य पुरा गर्ने लक्ष्य लिएका छौं । पुराना नगरपालिको क्षेत्र भित्र एकिकृत खानेपानीबाट र अन्य वडाहरुमा अन्य श्रोतबाट पाँच वर्ष सबै नागरिकहरुले गुणस्तरीय खानेपानी प्राप्त गर्नेछन् । ३५ करोडको खानेपानीको सर्भे सकिएको छ । अन्र्तराष्ट्रिय सम्मेलन मार्फत डोनरहरु खोज्ने चरणमा छौं । नेपालमै नमुना गुणस्तरीय खानेपानी उपलब्ध गराउने नगरपालिकाको रुपमा विकास गर्नेर्छाै । चार महिना भित्र शतप्रतिशत नगरबासिहरु साक्षर भएको नगर घोषणा गर्नेर्छाै । आउँदो ६ महिना भित्र सबै नगरबासिहरुको घरमा शौचालय निमांण गरी खुल्ला दिशा मुक्त नगर घोषणा गर्नेर्छाै । बालमैत्री नगर घोषणाको तयारीमा छौं । चालु वर्षकै लागि १ करोड बजेट विनियोजन गरेका छौं । पाँच वर्ष भित्र पर्यटकिय नगरको रुपमा विकास गर्नैर्छाै । ५ वटासम्म फाईभ स्टार होटल निर्माण हुँदैछन । ग्रिन सिटी, वातावरण मैत्री नगरको रुपमा विकास गर्ने योजना बनाईरहेका छौं । ढल प्रशोधन, खानेपानी ब्यवस्थापन, होटलमा हाईजिन भएको खाना खुवाउने जस्ता अभियान शुरु गरेका छौं । 
सँगै धुलिखेल नगरलाई शिक्षा र स्वास्थ्यको केन्द्रको रुपमा विकास गर्नेर्छाै । शिक्षा क्षेत्रका विज्ञहरुको सहयोगमा शैक्षिक गुणस्तर कायम गर्ने योजना बनाएका छौं । सबै नागरिकको स्वास्थ्यलाई ध्यानमा दिदै धुलिखेल अस्पतालसँगको समन्वयमा विमाको कार्यक्रम अगाडी बढाएका छौ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई हामीले विशेष प्राथमिकतामा राखेका छौ । आवास क्षेत्रको विकास गर्नेर्छाै । स्थगित भएको आवास क्षेत्रलाई अगाडी बढाउने छौं । स्थगित भएका विकास निर्माणका कार्यहरुलाई सूचारु गर्नेर्छाै । १७ वटा विषयको डिपिआर तयार गर्न लागेका छौं । हामी त्यहि डिपीआर मार्फत अगाडी बढ्ने छौ । सरकारले घोषणा गरेको स्मार्ट सिटीका १० शहर मध्ये धुलिखेल एक हो । स्माट सिटी मार्फत नगरका गतिविधिलाई अगाडी बढाउने छौं  ।

प्रकाशित मिति: 15 February, 2018